भारत र चीनबीचको सीमामा भएको हिंसाप्रति राष्ट्रसङ्घको चासो
रासस / एएनआई
असार ३, २०७७ बुधबार
संयुक्त राष्ट्रसङ्घका महासचिव गुटर्रेसकोतर्फबाट सहायक प्रवक्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ– भारत र चीनबीचको सो विवादमा केही सैनिक हताहत भएको समाचार पनि हामीले सुनेका छौँ, हामीले परिस्थितिलाई थप उत्तेजक नबनाई वार्ताको माध्यमबाट समाधान खोज्न दुवै पक्षलाई आग्रह गर्दछौँ ।