भारतमा असार १६ सम्म लकडाउन थपियो
गोरखापत्र अनलाइन ,
जेष्ठ १७, २०७७ शनिबार
केन्द्रीय सरकारले जुन ३० सम्म लकडाउन थप्ने निर्णय गर्दै चरणगत रुपमा सबै आर्थिक गतिविधिहरू सङ्क्रमणमुक्त क्षेत्रमा सुरु गरिने जनाएको छ । गृहमन्त्री अमित शाहले बिहीबार सबै प्रान्तका मुख्यमन्त्रीहरूसँग छलफल गर्नुभएको थियो । लगत्तै उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्नुभयो ।
निर्देशिकाबमोजिम जुन ८ देखि सार्वजनिक पूजास्थल तथा मन्दिर, होटेल, रेष्टुरेन्ट र अन्य सेवा क्षेत्र तथा शपिङ मल खुला गरिनेछ ।...