अमेरिकामा देशव्यापी प्रदर्शन, मिनियापोलिस र सैन्टपौलमा कर्फ्यु
गोरखापत्र अनलाइन ,
जेष्ठ १७, २०७७ शनिबार
प्रदर्शनकारीले ह्वाइट हाउस अगाडि ‘श्वास लिन सक्दिन’ लिखित ब्यानर लिएर प्रदर्शन गरेका छन् । फ्लोयडले प्रहरी नियन्त्रणमा अन्तिम पटक बोल्नुभएको वाक्य लिखित ब्यानरसहित सर्वसाधारण प्रदर्शनमा छन् । यसअघि सन् २०१४ मा न्युर्योकमा प्रहरी नियन्त्रणमा रहेका अफ्रिकी मूलका अमेरिकी नागरिक एरिक गार्नरको मृत्युपछि पनि व्यापक विरोध भएको थियो ।