सीमा विवादमा मध्यस्थता गर्ने ट्रम्पको प्रस्ताव चीनद्वारा खारेज
गोरखापत्र अनलाइन ,
जेष्ठ १६, २०७७ शुक्रबार
हामीलाई तेस्रो पक्षको हस्तक्षेप आवश्यक छैन ।” चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रष्ट्याउनुभयो । पूर्वी लद्दाख र सिक्किम क्षेत्र जोड्ने चिनियाँ सीमामा भारत र चीनको सुरक्षाकर्मीबीच तनाव बढेपछि अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार दुवै देशको सीमा विवाद मुद्दामा अमेरिका मध्यस्थता गर्न सक्षम, इच्छुक र तयार रहेको बताउनुभएको थियो ।