अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा किसानका लागि राहत घोषणा
“आज मैले यो घोषणा गर्न चाहन्छु कि, हाम्रो कृषि विभागले १९ अर्ब अमेरिकी डलर बराबरको राहत कार्यक्रम लागु गर्नेछ,” ट्रम्पले भन्नुभयो ।
भारतमा कोरोनाभाइरस संक्रमणको वृद्धि दरमा ४० प्रतिशतले कमी
भारतमा कोभिड–१९ संक्रमणको दरमा कमी आएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार अप्रिल १ तारिक पछि करिब ४० प्रतिशतले दैनिक थपिने संक्रमितको संख्यामा कमी आएको छ । प्रत्येक तीन दिनमा नयाँ संक्रमित दोब्बर हुने दरमा पनि कमी आएको छ । टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले तीन दिनमा दोब्बर हुने दर हाल ६.२ दिन पुगेको उल्लेख गरेको छ ।
कोरोना महामारी– एक लाख ५४ हजारको मृत्यु, २२ लाख बढी संक्रमित
शनिबार बिहानसम्म कोरोनाभाइरस संक्रमणले मृत्यु हुनेको संख्या एक लाख ५४ हजार २०९ पुगेको छ । २२ लाखभन्दा बढी संक्रमित रहेका छन् ।
विश्वभर २१ लाख ८४ संक्रमित, मृतकको संख्या १ लाख ४६ हजार नाघ्यो
अमेरिकामा ६ लाख ७८ हजार भन्दा बढी मानिस कोरोना संक्रमित भएका छन् भने ३४ हजार ५०० भन्दा बढीको मृत्यु भएको छ ।
अफ्रिका कोरोनाभाइरसको अर्को केन्द्रबिन्दु बन्नसक्ने चेताबनी
अफ्रिकाको अधिकांश राष्ट्रमा प्रति दशलाख व्यक्तिमा औसतमा मात्र पाँचवटा आईसीयू शैय्या छन् । यूरोपमा प्रति दशलाख व्यक्तिमा करिब चार हजार आईसीयू शैय्या उपलब्ध छन् ।