भारतको तेलंगना सरकारले लकडाउनको अवधि थप्यो
रासस / एनआई
बैशाख ८, २०७७ सोमबार
भारतको तेलंगना सरकारले हाल जारी रहेको लकडाउनको अवधिलाई आगामी मे ७ तारिखसम्म लम्ब्याउने निर्णय गरेको छ ।
यहाँको मन्त्रिपरिषदले आइतबार सो निर्णय गरेको बताइएको छ । यसअघि घोषित यो नीतिमा थप गरी यो अवधिसम्म पु¥याइएको समाचारमा जनाइएको छ ।
तेलंगना राज्यका मुख्यमन्त्री के चन्द्रशेखर रावले यस विषयमा जानकारी दिनुभएको छ । उहाँकाअनुसार यहाँका अत्यावश्यक खाद्यान्नलगायतका उद्योग र औषधि उद्योग एवं पसलहरु भने खुला...