विषाक्त रक्सीका कारण २६ को मृत्यु
रासस / सिन्ह्वा
पुष ११, २०७६ शुक्रबार
उलान बाटोर, पुस ११ गते । विषाक्त रक्सी सेवनका कारण मङ्गोलियामा २६ जनाको मृत्यु भएको छ ।
देशको राजधानी उलान बाटोरमा पछिल्लो एक महिनामा उनीहरुको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।
“यो डिसेम्बर महिनामा मात्रै रक्सी सेवनका कारण मृत्यु हुनेको संख्या नाटकीय रुपले बढेको छ, उनीहरु मध्ये अधिकांशको नयाँ वर्षका अवसरमा आयोजित कार्यक्रममा सहभागी भएर रक्सी सेवन गर्दा मृत्यु भएको हो,” प्रान्तीय सहरी प्रहरी...