लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)
गोरखापत्र अनलाइन
भाद्र ९, २०७८ बुधबार
१. न्याय प्रणाली र न्यायिक इतिहासबारे जानकारी दिने उद्देश्यका साथ निर्मित न्यायिक सङ्ग्रहालयको उद्घाटन कहिले गरिएको हो ?
वि.सं. २०७८ भदौ १ गते
– सर्वोच्च अदालत परिसरमा निर्मित सो सङ्ग्रहालयमा न्याय क्षेत्रको चरणबद्ध इतिहास झल्किने दस्तावेज सङ्ग्रहित गरिएको ।
– भोजपत्रको नमुना, ताडपत्रको नमुना, वि.सं. १९४५ मा जारी भएको मुलुकी ऐन, वि.सं. १९९१ सम्मको संशोधन, २०२० को मुलुकी ऐन, वि.सं. २००८ को नेपाल गजेटलगायतका सामग्री...