logo
२०८१ बैशाख ७ शुक्रवार



अनलाइनले श्रमिकलाई झन् समस्या

मुख्य समाचार |


अनलाइनले श्रमिकलाई झन् समस्या


सीता शर्मा

काठमाडौँ, माघ ४ गते । वैदेशिक रोजगार विभागले सञ्चालनमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफईआईएमएस)मा देखिएको प्राविधिक समस्याले श्रमिकलाई झन् अन्योल बनाएको छ ।
बुधबारदेखि सर्भरमा देखिएको आंशिक समस्या शुक्रबारसम्म देखिए पनि यसको मर्मतसँगै आंशिक सुधार आएको बताइएको छ । विभागको श्रम कार्यालयका अनुसार बुधबार र बिहीबार एक÷डेढ घण्टाबाहेक अधिकांश समय सर्भरले काम नै गरेन । शुक्रबार बिहान समस्यामा केही सुधार आए पनि दिउँसो खुल्ने र बन्द हुने क्रम भइरहेको थियो तर मर्मतपछि सुधार भई काम भएको बताएको छ ।
सर्भरमा समस्या आउँदा अनलाइनबाट हुने सम्पूर्ण सेवामा असर परेको छ भने । यसको प्रत्यक्ष मारमा सेवाग्राही परेका छन् । श्रम कार्यालयका अनुसार अहिले दैनिक एक हजारभन्दा बढीले श्रमस्वीकृति लिने गरेका छन् । सर्भरमा आएका समस्याका कारण आजै टिकट भएका सेवाग्राही मर्कामा परेका छन् ।
विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले ‘तीन दिनदेखि सर्भरमा आएको समस्याका कारण सेवाग्राहीलाई दुःख भएको र सोको मर्मतका लागि विभागलगायत सम्बन्धित निकायको प्राविधिक टोलीले निरन्तर खटिइ रहेको, बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, सर्भरका कारण आकस्मिक रूपमा उत्पन्न व्यवधान भएकाले यसको मर्मत भई सूचारु नहुञ्जेलसम्मका लागि सेवाग्राही पर्न गएको सुविधाप्रति विभाग जानकार रहेको छ र समाधनका लागि रातदिन प्राविधिकले मर्मतको काम गरिरहेका छन् ।
विभागका महानिर्देशक भुसालका अनुसार बिहीबार रातिदेखि नै सर्भरमा देखिएको समस्या पूर्ण समाधानका लागि पहल भइरहेको र सेवाग्राहीलाई सेवा दिने काम पनि आंशिक रूपमा भइरहेको छ ।
साथै विभागले उडानको मिति एकदमै नजिक भएपछि श्रम स्वीकृतिका लागि आवेदन गर्दा हुनसक्ने प्राविधिक समस्यालाई मध्यनजर गरी उड्ने समय एक साता हुँदै श्रमस्वीकृतिका आवेदन प्रक्रिया पूरा गर्न सेवाग्राहीलाई आग्रह गरेको छ ।
विभागका महानिर्देशक भुसालले अहिले सबै अनलाइनबाट काम हुने सर्भरमा समस्या आउनेवित्तिकै सबै काम रोकिने भएकाले समयमै श्रमस्वीकृतिको प्रक्रिया गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, आजै टिकट भएका पनि एकदिनमा श्रमस्वीकृतिको सबै प्रक्रिया पूरा गरेर विदेश जान्छु भनेर आउनु हुँदोरहेछ तर प्रणालीमै समस्या आएपछि त उहाँहरूले उडान रद्द गर्नुप¥यो, त्यसैले सेवाग्राहीले उड्नेभन्दा कम्तीमा एक साता पहिले श्रमस्वीकृति लिनुपर्छ ।
शनिबार पनि श्रम कार्यालय खुला हुने
उहाँका अनुसार सेवाग्राहीको चापलाई हेरेर शुक्रबार बेलुकी अबेरसम्म श्रम कार्यालयले सेवा प्रवाह गर्नेछ । महानिर्देशक भुसालले सेवाग्राहीको हितलाई ध्यानमा राखेर शनिबार पनि ताहाचलस्थित श्रम कार्यालय ताहाचल खुला गरेर सेवा दिइने जानकारी दिनुभयो ।
टिकट सार्न व्यवसायीलाई आग्रह
माघ १ गतेदेखि नै प्राविधिक समस्या देखिएकाले यस अगाडि नै टिकट बुकिङ गरिसकेका व्यवसायीलाई टिकट पछाडि सार्नसमेत विभागले आग्रह गरिरहेको छ । महानिर्देशक भुसालले सर्भरका कारण सेवाग्राहीलाई कुनै पनि सेवा दिन समस्या भएकाले सिस्टम चलेपछि पहिलो प्राथमिकता टिकट बुक गरेर अन्तिम श्रम स्वीकृति लिन आउनेलाई दिन निर्देशन दिइसकेको जानकारी दिनुभयो । अहिलेकै अवस्था रही रहे अन्तिम श्रम स्वीकृतिको काम नभए शनिबार र आइतबार टिकट बुक गरेकाको टिकट रद्द भएमा ठूलो रकम नोक्सानी हुनेछ ।
समस्याको छिटो समाधान खोज्न आग्रह
वैदेशिक रोजगार (म्यानपावर) व्यवसायीले विभागका अनलाइन सिस्टममा समस्या आएका कारण व्यवसायीले अनावश्यक आर्थिक भार खेप्नुपरेको गुनासो गरिरहेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले अन्तिम श्रम स्वीकृति नभएकै कारण धेरै व्यवसायीले लिएका टिकट बिहीबारदेखि रद्द गर्नुपरेकाले छिटोभन्दा छिटो समस्या समाधान गर्न विभागलाई आग्रह गरेको छ ।
विभागले २०२० को जनवरी १ बाट आफ्ना सम्पूर्ण सेवा पूर्ण रूपमा अनलाइन प्रणाली (वैदेशिक रोजगार सूचना प्रणाली)मार्फत सुरु गरेको थियो तर अनलाइन सेवामा पनि पटक–पटक प्राविधिक समस्या देखिँदा सेवा प्रभावित हुँदै आएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?