logo
२०८० चैत्र १६ शुक्रवार



राष्ट्रिय प्रसारण लाइनमा सिँगटी जलविद्युत्

मुख्य समाचार |


राष्ट्रिय प्रसारण लाइनमा सिँगटी जलविद्युत्


गोपालचन्द्र सुवेदी

काठमाडौँ, साउन ३ गते । निर्माण सम्पन्न भएको करिब १८ महिनापछि दोलखाको सिँगटी खोलाबाट निकालिएको २५ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । सिँगटी–लामोसाँघु प्रसारण लाइन तयार भएपछि आयोजनाले विद्युत् उत्पादन थालेको हो ।
सिँगटी हाइड्रो इनर्जी लिमिटेडले निर्माण गरेको यो आयोजनाले हाल परीक्षण उत्पादन गरिरहेको छ । निर्माण थालिएको करिब १२ वर्षमा पनि ४२ किलोमिटर लामो सो प्रसारण लाइन तयार नहुँदा निर्माण सम्पन्न भइसकेको सिँगटी हाइड्रोले बिजुली उत्पादन गर्न सकेको थिएन । बिजुली उत्पादन गर्न नपाउँदा बिजुली बिक्री गरेर प्राप्त हुने आम्दानी गुम्यो भने ऋणको ब्याजले आयोजनाको लागत बढ्यो ।
“आयोजना तयार पारेर डेड वर्षसम्म बिजुली बेच्न नपाउँदा आम्दानी नै भएन । बैङ्क ब्याज मात्रै करिब ७५ करोड रुपियाँ नोक्सानी भएको छ,” सिँगटी हाइड्रोका कार्यकारी निर्देशक गणेश कार्कीले भन्नुभयो । २०७६ माघमा आयोजना सन्पन्न हुँदा यो आयोजनाको लागत प्रतिमेगावाट २२ करोड रुपियाँ थियो तर व्यावसायिक उत्पादनको मिति डेढ वर्ष धकेलिँदा लागत प्रतिमेगावाट २४ करोड रुपियाँभन्दा बढी पुगेको जानकारी कार्कीले दिनुभयो ।
जलप्रवाहमा आधारित यो आयोजनाबाट वर्षात्मा २५ मेगावाट र सुक्खायाममा करिब नौ मेगावाट विद्युत् उत्पादन हुन्छ । आयोजनामा ३० प्रतिशत स्वामित्व सर्वसाधारणको छ । सरकारले सुपर सिक्स आयोजनाका रूपमा प्रस्तुत गरेको यो आयोजना निजीक्षेत्रले बोलकबोलमार्पफत पाएको थियो । आयोजना तीन वर्षमा निर्माण सम्पन्न भएको थियो । दोलखाको सिँगटी बजारबाट तीन सय मिटरको दूरीमा रहेको यो आयोजना कालिञ्चोक र बिगु गाउँपालिकाको बीचमा पर्छ ।
सिँगटी खोलामा बाँध बाँधेर छ किलोमिटर लामो सुरुङमार्पmत विद्युत् गृहमा पु-याइएको छ । विद्युत् गृहमा १२.५ मेगावाट क्षमताका दुईवटा टर्वाइन जडान गरिएको छ । यो आयोजनाले १५ दिन परीक्षणका रूपमा सो बिजुली नेपाल विद्युत् प्राधिकरणलाई निःशुल्क उपलब्ध गराउने छ भने त्यसपछि खरिदबिक्री सम्झौताअनुसारको मूल्य प्राप्त गर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?