काठमाडौं, कात्तिक १९ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले तिथि अनुसार नेपालमा धार्मिक र सांस्कृतिक पर्वहरुको चलन रहेकाले ऐतिहासिक रुपमा नेपाल सम्बतको महत्व बढेर गएको बताउनुभएको छ ।
नेपाल सम्बत ११४२ नयाँ वर्ष शुभारम्भ भएको दिनको अवसरमा काठमाडौंमा निकालिएको ¥यालीपछि आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको छ ।
जनताको ऋण तिरेर दासत्वबाट मुक्ति दिलाउँदै राष्ट्रिय विभूति शंखधर साख्वाःले शुरु गर्नुभएको यस सम्बतलाई राष्ट्रिय सम्बत मात्र होइन अन्तराष्ट्रिय सम्बतको मान्यता पाउने विश्वास लिएको धारणा राख्नुभयो ।
प्रधानमन्त्री देउवाले नयाँ वर्षको शुरुवात भएसँगै देशमा शान्ति, उन्नति प्रगति कायम हुँदै कोरोना भाइरसबाट मुक्त हुने चाहना व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल भाषा मंकाः खलःका अध्यक्ष जनकवि दुर्गालाल श्रेष्ठले राष्ट्रिय शंखधर शाख्वाः र नेपाल सम्बतसम्बन्धि आफ्नो नयाँ कविता वाचन गरेर आफ्नो धारणा राख्नुभयो ।
न्हूदँ समारोहको आयोजना नेपाल सम्बत न्हूदँ राष्ट्रिय समारोहका संयोजक निरञ्जनरत्न शाक्यको सभापतित्वमा सम्पन्न भएको थियो ।
समारोहमा प्रधानमन्त्री देउवाले नेपाल सम्बत ११४२ को भित्रे पात्रो विमोचन पनि गर्नुभयो ।
काठमाडाैंमा भाग लिनुअघि प्रधानमन्त्री देउवा ललितपुर र मध्यपुरथिमिमा भएकाे विशेष शुभकामना समारोहमा उपस्थित हुनुहुन्थ्याे ।–उपेश महर्जन / फाेटाे - सुजन गुरूङ










