logo
२०८१ मंसिर ७ शुक्रवार

बन्दसत्रमा अध्यक्ष प्रचण्डद्वारा प्रतिवेदन प्रस्तुत (फाेटाे फिचरसहित)

मुख्य समाचार |
फोटो फिचर |


2021-12-27-53965
फाेटाे - सुजन गुरूङ (गाेरखापत्र) र विष्णु सापकाेटा (फेसबुकबाट)


काठमाडौं, पुस १२ गते । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो राजनीतिक प्रतिवेशन पेश गर्नुभएकाे छ । सोमबार काठमाडौं कमलादीस्थित प्रज्ञा भवनमा सुरु भएको बन्दसत्रमा अधयक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्नुभएकाे सहभागी विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिनुभयो । यसैगरी माओवादीले बन्दसत्र सञ्चालनका लागि सातको अध्यक्षमण्डल गठन गरेको छ ।

अध्यक्षमण्डलमा कृष्णबहादुर महरा, गणेश शाह, गिरिराजमणि पोखरेल, परशुराम तामाङ, पूर्णकुमारी सुवेदी, परशुराम रम्तेल र रुपा महर्जन रहनुभएको छ । बन्द सत्रमा एक हजार ६३१ प्रतिनिधि र पर्यवेक्षक सहभागी रहनुभएको छ ।

माओवादी केन्द्रको बन्दसत्रको छलफल अपराह्न ५ बजेसम्म चल्ने जनाइएको छ । आइतबारदेखि सुरु भएको माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन पुस १५ गतेसम्म चल्नेछ । 

तस्बिरहरू: सुजन गुरूङ (गाेरखापत्र) र विष्णु सापकाेटा