logo
२०८१ बैशाख १५ शनिवार

तस्बिरमा प्रधानमन्त्रीको बिदाइ

मुख्य समाचार |
फोटो फिचर |


2022-04-01-61173
तस्बिर केशव गुरुङ्ग


काठमाडौं, चैत १८ गते । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधामन्त्री देउवा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै शुक्रबार तीन दिने भारत भ्रमणमा जानुभएको हो ।

प्रधानमन्त्रीका साथमा पत्नी आरजु राणा, उर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसाल, स्वास्थ्यमन्त्री विरोध खतिवडा र विभिन्न मन्त्रालयका सचिवलगायत रहेका छन् ।

प्रधानमन्त्री देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइका क्रममा नेपाली सेनाको टुकडीले सलामी अपर्ण गरेको थियो ।