शिक्षालाई विकाससँग जोडे लगानीको प्रतिफल सुनिश्चित गर्न सकिन्छ : प्रम देउवा
रासस
फाल्गुन ९, २०७८ सोमबार
प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले शिक्षालाई विकाससँग जोड्न सके शिक्षा प्रणालीमा राज्यले गरेको लगानीको प्रतिफल सुनिश्चित गर्न सकिने बताउनुभएको छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको आज भएको १३औँ सभामा उहाँले राज्यले शिक्षा प्रणालीमा गरेको लगानीबाट आर्जित उपलब्धिले देशको भावी गन्तव्य निर्धारणमा ठूलो महत्व हुने उल्लेख गर्नुभयो ।