सौराहाको पर्यटन लोथरसम्म
देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहालाई लोथरसम्म विस्तार गर्ने योजना सार्वजनिक भएको छ । सौराहा क्षेत्रसमेत पर्ने चितवन क्षेत्र नं. १ का सासंदसमेत रहनु भएका पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आइतबार भरतपुरमा पत्रकार सम्मेलन गरेर सौराहा विस्तार योजना सार्वजनिक गर्नुभएको हो ।
प्रधानमन्त्री ग्राण्डी अस्पतालमा
प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि ग्राण्डी अस्पताल जानुभएको छ ।
बालाचतुर्दशी आज
प्रत्येक वर्ष मार्ग शीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज बेलुकीदेखि मनाइँदैछ ।
फोहोरमुक्त बनाउन सकिन्छ बागमतीलाई !
‘हिँड्दै, पाइला मेट्दै’ भन्ने भनाइ र बागमती नदी सफाइको नियति उस्तैउस्तै भएको छ । दुई महिना नबित्दै बागमतीमा सफाइ गरिएको ठाउँमा फेरि जस्ताको त्यस्तै नै फोहोर हुने गरेको छ ।
टुँडिखेल संरक्षण गर्न ओर्लिए सर्जक
शनिबार बिहानै टुँडिखेलस्थित खरीको बोटमुनि जम्मा भएका साहित्यकारहरूमाझ गायक वीरप्रसाद भन्सालीले सुनाउनुभयो, जनकवि दुर्गालाल श्रेष्ठको टुँडिखेल अतिक्रमणसम्बन्धी गीत ।