राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रिय पोषण अभियानको शुभारम्भ
गोरखापत्र अनलाइन ,
कार्तिक १५, २०७६ शुक्रबार
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय पोषण अभियानको शुभारम्भ गर्नुभएको छ । जन्मेको छ महिनादेखि २३ महिनासम्मका बालबालिका, गर्भवती आमा, प्रजनन उमेरका महिलालाई आवश्यक पर्ने पोषक तत्व खाद्यान्नमार्फत उपलब्ध गराउने ध्येयले बलियो नेपाल नामक गैरसरकारी संस्थाले आजदेखि सो अभियानको शुरुआत गरेको हो ।