उपनिर्वाचनका लागि २१ दलको निवेदन
गोरखापत्र अनलाइन ,
आश्विन १, २०७६ बुधबार
आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि मङ्गलबारसम्म सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र ‘समाजवादी पार्टी’ सहित २१ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन् । उपनिर्वाचनमा भाग लिन चाहने दललाई आयोगमा दर्ताका लागि भदौ मसान्तसम्मको अवधि तोकेको थियो ।