वायुसेवा निगमको व्यवस्थापन फेर्न सुझाव
गोरखापत्र अनलाइन ,
आश्विन २, २०७६ बिहीबार
नेपाल वायुसेवा निगमको व्यावसायिक कार्ययोजना बनाउन र त्यसको कार्यान्वयन गर्न, प्राविधिक क्षमताको विकास गर्न र दीर्घकालीन योजनामा नेपाल सरकारलाई सहयोग गर्न वर्तमान व्यवस्थापन सक्षम नदेखिएकोले यसको पुनर्संरचना गर्न सरकारी कार्यदलले सुझाव दिएको छ ।