नेपालका ७५ प्रतिशत गोही भारतमा
गोरखापत्र अनलाइन
माघ ४, २०७८ मंगलवार
नेपालमा रेडियो कलर जडान गरेको घडियाल गोही ३२ वर्षअघि (वि.सं. २०४६) भारतको पटनामा भेटियो । वास्तविकता नबुझी त्यसलाई अमेरिकाले भारतमा जासुसी गर्न गोही प्रयोग गरेको भन्ने हल्ला फैलाइयो । निकुञ्जअन्तर्गतको प्रजनन केन्द्रले नदीमा छाड्ने गोहीको अनुगमनका लागि रेडियो कलर जडान गर्छ । उक्त घटना सम्झँदै चितवन राष्ट्रिय निकुञ्जका तत्कालीन प्रमुख संरक्षण अधिकृत रामप्रीत यादव भन्नुहुन्छ, “अनुगमन गर्न कसरास्थित घडियाल प्रजनन...