भूकम्प प्रतिरोधी भवन निर्माणमा दक्ष जनशक्ति तयार छ : प्रधानमन्त्री देउवा
गोरखापत्र अनलाइन
माघ २, २०७८ आइतवार
प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्प प्रतिरोधी भवन निर्माणका लागि दक्ष जनशक्ति तयार भएको बताउनुभएको छ । आइतबार २४ औं भूकम्प दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
२०७२ सालको गोरखा भूकम्पपछि देशमै भूकम्प प्रतिरोधी भवन निर्माणका लागि दक्ष जनशक्ति तयार भएको उहाँको भनाइ छ । उहाँले विगतको अनुभव र पाठलाई ख्याल गर्दै दक्ष जनशक्तिको परिचालन गर्न...