गोरखापत्र अनलाइन
काठमाडौं,फागुन ३ गते । पोखरामा प्याराग्लाइडिङ् पर्यटन विकासका लागि मात्र होइन सहासिक प्रतियोगिताका रुपमा पनि विकसित हुँदै गएको छ । गतवर्ष पोखरामा भएको अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ् प्रतिश्पर्धामा करिब एकसय पाइलटको सहभागिता रहेको थियो ।
सो प्रतिश्पर्धामा छैंटौ स्थान हासिल गर्नुभएका नेपाली पाइलट आशिष थापाले यो क्षेत्रमा सरकारले लगानी गर्ने हो भन्ने यसको भविष्य राम्रो रहेको धारणा राख्नुभयो ।
यो व्यासायबाट धेरै युवाले प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । कोरोनाका कारण केही समय बन्द रहेको यो व्यवसायले फेरि पुरानै गतिमा चल्ने जमर्को गर्दैछ ।
तस्बिर सौजन्य : आशिष थापा