logo
२०८१ मंसिर ८ शनिवार

संरक्षणको अभावमा ठाँटी, पाटीपौवा मासिन थाले

पढ्नै पर्ने |
फोटो फिचर |


2021-03-19-33997


अमरराज नहर्की
तनहुँ, चैत्र ६ गते । तनहुँको सहरी तथा ग्रामीण क्षेत्रमा धार्मिक तथा वातावरणीय महत्वका पाटीपौवाको अस्तित्व सङ्कटमा परेको छ । नयाँ नबनाउने र पुरानोका संरक्षण नगरिएकोले पाटीपौवा विरलै देखिने गरेको छ । बटुवाहरु बास बस्ने, काम गरेर थाके पछि थकाइ मेट्ने, काम तथा हिड्ने क्रममा हावाहुरी, असिना, पानी आउँदा ओत लाग्न प्रयोग हुने ठाँटीपौवाहरु संरक्षणको अभावमा भत्कन थालेका हुन् ।

आधुनिक जीवन शैलीले पनि पार्टीपौवाको संरक्षणमा ध्यान नपुगेको एलायन्स क्लब अफ तनहुँकी अध्यक्ष जमुना जोशीले बताउनुभयो । ‘‘सडक सञ्जाल नजोडिएको र होटल सुविधा नभएको समयमा बटुवा र तीर्थयात्रीका लागि पाटी पौवा अनिवार्य हुन्थ्यो अध्यक्ष जोशीले भन्नुभयो बजारमा होटल र गाउँमा होमस्टे भएकोले लोप हुने अवस्थामा पुग्न लागेको छ’’ । पाटीपौवाको वातावरणीय तथा धार्मिक महत्व भएकोले यसको संरक्षण गर्नुपर्छ भनेर क्लबमा आबद्ध युवाहरु मिलेर जनचेतना जगाउने सरसफाइ गर्ने गरिएको क्लबकी अध्यक्ष जोशी बताउनुहुन्छ । राती बास बस्न समेत प्रयोग गर्न मिल्ने गरी बाटोहरुको छेउमा तथा तनहुँको धार्मिक स्थलहरु देवघाट, व्यास तथा पराशर क्षेत्र, थानीमाई, छाब्दीवाराही, ढोरबाराही, विभिन्न ठाउँमा निर्माण गरिएका पाटीपौवा संरक्षणको अभावमा सङ्कटमा पर्दै जान थालेको तनहुँ पर्यटन विकास समितिका उपाध्यक्ष माधवबहादुर पन्तले जानकारी दिनुभयो ।

वावारणीय दृष्टिकोणले राम्रो, ढुङ्गाको छानो, ढुङ्गा र माटोको गारो तथा काठहरु प्रयोग गरिएका पाटीपौवा लोप हुँदै गएको र धार्मिक भावाना भएका केही व्यक्तिहरु सिमेन्ट, फलाम र टिनको प्रयोग गरेर बनाउने गरेको पन्तले बताउनुभयो । पार्टीपौवा तथा चौतारोको संरक्षण गरिनु पर्छ भन्ने चेतना फैल्याउन मद्दत पुगोस् भन्ने उद्धेश्यले दुई लाख ५० हजार खर्च गरेको दमौलीको व्यास गुफा तथा शिवपाञ्चायन मन्दिर जाने बाटो प्रमुख जिल्ला अधिकारीको निवासको आडमा चौतारो निर्माण गरेको पन्तले बताउनुभयो । पुण्य कमाउनका लागि सामाजिक काम गर्न पाटीपौवा र चौतारी निर्माण गर्ने चलन रहेको बुढापाकाहरु बताउँछन् । पहिले हरेका गाउँ र बस्तीका बाटोघाटोको छेउमा पाटीपौवा हुने गरेको हाल भत्किएर कमै मात्रामा देखिने गरिएको व्यास नगरपालिका–३ पोल्याङस्थित पोल्याङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष खडानन्द कैनीले जानकारी दिनुभयो ।

नेपाली कला तथा पहिचान झल्काउने सालको काठमा बुट्टाहरु कुँदिएका, कलात्मक ठाँटीपौवाहरु समेत संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेकोले सम्पदाको संरक्षण गर्न सरोकारवालाले चासो नदिएको कैनीले बताउनुभयो । धार्मिक भावाना जागृत गर्न यस्ता सम्पदाको संरक्षण हुन जरुरी व्यास नगरपालिका–११ तल्लोपोल्याङ, जिम्माल गाउँका केशव पन्थ बताउनुहुन्छ । असिना,पानी परेको बेला यात्रुलाई ओत लाग्न, धार्मिक तथा सामाजिक कार्यमा सहज होस् भन्ने उद्देश्यले आफ्नो स्वर्गीय बुबा र आमाको सम्झनामा हालै सात लाख ५० हजार खर्च गरेर सामुदायिक भवन निर्माण गरिदिएको पन्थले जानकारी दिनुभयो ।