logo
२०८१ मंसिर ८ शनिवार

पहरोमा साहसिक पर्यटन (फोटो फिचर)

पढ्नै पर्ने |
पर्यटन |
फोटो फिचर |


2021-03-21-34120


अमररराज नहर्की
तनहुँ, चैत्र ८ गते । तनहुँको वन्दिपुर गाउँपालिका– ४ विमलनगर स्थित चुन पहरो साहसिक पर्यटकको रोजाइमा पर्न सफल भएको छ । पहरोमा यतिबेला शाहसिक खेल ‘चट्टान आरोहण (रक क्लाइम्विङ) गर्नेहरुको भीड लाग्न थालेको छ । बाँदर पनि लड्ने पहरो काम लाग्दैन, सडक खन्न पनि अप्ठेरो भयो भन्ने, नाक खुम्चाउने विमलनगरवासी पहरोले आम्दानी दिन थालेपछि दङ्ग परेका छन् ।
पर्यटकले भरिएपछि स्थानीय व्यवसायीहरुको व्यापार फष्टाउँदै गएको छ । व्यापार बढेपछि पहरोको महत्व स्थानीय वासिन्दाले बुझ्न थालेका छन् । शाहसिक पर्यटकको लागि तालिम प्रदान गर्न समेत उपयुक्त भएकोले हाल चट्टान आरोहण गर्नेको भीड बढ्न पुगेको चट्टान आरोहण सञ्चालन गर्दै आएको विमलनगर सिद्धगुफा विकास समितिले जनाएको छ । हिमाल चढ्न र अन्य साहसिक खेलहरुमा भाग लिन सहज हुने भएकोले विमलनगरमा अभ्यास गर्न आउने गरेको प्रशिक्षक पिम्बा तेन्जिङ लामाले बताउनुभयो ।

२४ जना प्रशिक्षार्थीहरु २ हप्ते रक क्लाइम्विङको अभ्यासका लागि चुन पहरामा आएको उहाँले जानकारी दिनुभयो । खेल प्रवर्धन गर्न बिमलनगरमा चट्टान आरोहण प्रतियोगिता हुँदै आएकोले पनि प्रचार/प्रसारमा वृद्धि भएको छ । नेपाल पर्वतारोहण प्रशिक्षण सङ्घद्वारा आयोजित रक लेवल वान तालिमको अभ्यास विमलनगरमा धेरै हुने गरेकोले पहरो हाल साहसिक पर्यटकले पहरो भरिभराउ हुने गरेको विमलनगर सिद्ध गुफा विकास समितिका अध्यक्ष लालकुमार श्रेष्ठले जानकारी दिनुभयो । पहरोमा प्रथम चरणको तालिम लिए पछि मात्रै हिमाल आरोहण गर्न स्वीकृति पाइने भएकोले विमलनगरमा चट्टान आरोहण गर्नेको भीड बढेको उहाँ बताउनुहुन्छ ।

हेलमेट, हार्नेस, विले डिभाइस, लक र अनलक क्याराविन, क्विक ड्र, डाइनामिक रोप, टेप सिलिङ, रोप क्याराभिन लगायतका सामाग्रीको सहायतामा पहरोमा चड्न अभ्यास गराइने प्रशिक्षक अनुप गुरुङले जानकारी दिनुभयो । धादिङकी रमिला तामाङले यस्तो अभ्यासले हिमाल चढ्ने देखि लिएर पहाडी तथा हिमाली भेगमा हुने दौड प्रतियोगितामा भाग लिन मद्दत पुग्ने बताउनुभयो । ‘‘विदेशमा गएर स्काइ रनिङमा सहभागी हुन समेत यस अरोहणले मद्दत पुग्छ’’ रमिलाले भन्नुभयो । समितिका अनुसार बिमलनगरको चुन पहरामा रक क्याइम्बिङका लागि २८ वटा रुटहरु तयार पारिएको छ । सिनियर माउन्टेन गाइडहरु पदम घले, सुनार गरुङ, प्रेम गुरुङ र श्री महर्जनले स्वर्गीय गाईड इमानसिंह गुरुङको सम्झनामा २०६३ साउन ९ गते रुट तयार गरी उक्त पहरामा रक क्लाम्विङ शुरु गरिएको समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

वार्षिक रुपमा ६ हजारभन्दा वढी रक क्लाइम्विङ गर्न आउने गरेको र हालसम्म २५ हजार जनाले चट्टान आरोहण गरेको अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । पृथ्वी राजमार्गसगै जोडिएको उक्त पहरा रक क्लाम्विङका लागि गन्तव्य स्थल बन्दै पर्यटकको भीड बढेपछि पर्यटन व्यवसायीहरु उत्साहित भएको समितिले जनाएको छ । नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरीले विपद्को अभ्यास, अपराधीहरु पक्राउ गर्न, युद्धकला सिक्नृ विशेष कला तथा कारबाही (कमाण्डो) तालिम पनि आउने गरेको समितिका अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । बिमलनगरको प्रहरो युद्धकला तालिम सिकाउनको लागि शाहसिक ठाउँ भएकोले एक हजार दुई जनालाई तालिम प्रदान गरिसकिएको नवलपरासीको सुनवल ११ जर्घा स्थित नेपाल प्रहरीयुक्ती तामिल महाविद्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) पुरुषोत्तम खड्काले जानकारी दिनुभयो । पाँचसय जना प्रहरी निरीक्षक र सात सय ५० जना जवानलाई तालिम प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ‘‘सुगम, नजिक र कठिन खालको अभ्यास गर्न उययुक्त भएकोले विसं. २०७२ सालदेखि नै प्रहरोमा युद्धकला तालिम सिकाउँदै आएका छौं’’ डिएसपी खड्काले भन्नुभयो । पहिलो मिस तनहुँको विजेता सुजना श्रेष्ठले सगरमाथा चुम्ने लक्ष्य रहेकोले विमलनगरमा बारम्बार चट्टान आरोहण गरिरहेको बताउनुभयो ।

स्थानीय गोपाल श्रेष्ठले पनि आन्तरिक पर्यटकहरु चुन पहरामा आउन थालेपछि व्यापार व्यवसाय प्रवर्धनमा समेत टेवा मिलेको बताउनुभयो । उहाँका अनुसार शुरुमा विदेशी बढी रहेपनि हाल नेपालीको मन जित्न थालेकोले आरोहण गर्नेहरु बढेका हुन् । अन्य स्थानको भन्दा विमलनगरमा आनन्द मिलेको गोरखाको छेकाम्पर घर हुुन भई हाल अमेरिका बस्ने २९ वर्षकी फून्जो लामाले बताउनुभयो । ‘‘लामो रुट, लस्करै मिलेका हिमश्रृङ्खला, नागवेली म-याङ्दी नदी, हरियाली डाँडाकाँडा, विभिन्न चराहरुको चिरबिर भएकोले यहाँको आरोहरण उत्कृष्ट लाग्छ’’ फून्जोले गोरखापत्रसँग भन्नुभयो । चट्टान आरोहणको प्रशिक्षक समेत रहनु भएका समिङ वाइवा प्राकृतिक सुन्दरताले गर्दा विमलनगरको आरोहण गर्नुको बेग्ले आनन्द भएको बताउनुभयो । नेपालकै दोस्रो ठुलो रुट भएकोले बिमलनगरको सम्भावना धेरै रहेको बाइबा बताउनुहुन्छ । ‘‘भूगोल मिलेको र रुट धेरै भएकोले यहाँको रक क्लाइम्बिङ नेपालकै सबैभन्दा उत्कृष्ट छ’’ बाइबाले गोरखापत्रसँग भन्नुभयो ।