ज्ञानु पंगेनी
कावासोती , जेठ १९ गते । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा रहेको चौधरी उद्योगमा आगलागी भएको छ । बुधबार बिहान ८ ः३० बजे उद्योग परिसरकाे सिजि ब्रुअरी नेपाल प्रालिको ( बियरको कार्टुन राखेको ) गोदाममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताउनुभयो ।
आगो नियन्त्रणका लागि अहिले चितवनबाट समेत गरेर चारवटा दमकल प्रयोग गरिएको छ । आगो अझै नियन्त्रणमा आउन सकेको छैन । अहिले बियर राखेको गोदामतर्फ पनि आगो फैलिएपछि पुरानो भवन भत्काउने काम गरिएको छ । मानवीय क्षति भने भएको छैन् । आगो विद्युत् सर्ट भएर लागेको हुनसक्ने अनुमान गरिएको छ ।
दमकल सेना , प्रहरी , सिजी प्रशासनको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास जारी छ ।