काठमाडौं, पुस १४ गते । मौसममा एकाएक बदलिएपछि राजधानीको आसपासका क्षेत्रमा हिमपात भएको छ । यो हिउँदको पहिलो हिउँ वर्षामा रमाउन युवा समूह चन्द्रगिरी र फूलचोकी क्षेत्र पुगेका छन् । उपत्यका र पर्यटकीय क्षेत्रमा हिउँको रमाइलो भए पनि देशभरका उडान प्रभावित हुँदा जनजीवन अस्तव्यस्त बनेको छ । कतिपय ठाउँमा हिमपातका कारण सर्वसाधारणको दैनिकीमासमेत समस्या भएको छ । हिमाली जिल्लाको जनजीवन सबैभन्दा बढी प्रभावित भएको छ ।
तस्बिर : सुजन गुरूङ्ग