logo
२०८१ बैशाख १८ मंगलवार

हिउँ सफा गरेपछि जुम्ला विमानस्थल सुचारु (फोटो फिचर)

पढ्नै पर्ने |
फोटो फिचर |
प्रदेश |


2022-02-06-57060


नेत्र शाही
जुम्ला, माघ २३ गते । जुम्ला विमानस्थलको धावनमार्गमा जमेको हिउँ सुरक्षाकर्र्मीले पन्छाएका छन् । शनिवार विहानैदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले धावनमार्गको हिउँ पन्छाएको हो । धावनमार्गमा हिउँ हटाएपछि आजै जहाज अवतरण भएको नागरिक उड्डयन प्राधिकरण कार्यालयले जनाएको छ ।
नागरिक उड्डयन प्राधिकरण कार्यालयका अधिकृत सोनाक्षी सिंहका अनुसार हिउँ पञ्छाएपछि तारा र समिट एयरको एक एकवटा उडान भाएको बताउनुभयो ।
भारी हिमपातले बाग्लो गरी जमेको हिउँ जिल्ला बिपत व्यवस्थापन समितिको अगुवाइमा बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले धावनमार्गको हिउँ पन्छाएपछि ४ः३० मा जहाज बस्न सकेको थियो ।
धावनमार्गमा जमेको हिउँ पन्छाउनका लागि प्रमुख जिल्ला अधिकारी विया प्रसाई, चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाल, नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापा, सशस्त्र प्रहरी बलका एसपी चित्राङ्गत दाहाल, नेपाल प्रहरीका डिएसपी नरेन्द्र चन्द, अनुसन्धान अधिकृत राजकुमार न्यौपानेले टोली लिएर बिहानै धावनमार्गमा पुगेको थियो ।
शुक्रवार डोजरको सहायताले जुम्ला मान्म खण्ड सुचारु गरेको टोलीले शनिवार बिमान स्थलको धावन मार्ग क्लियर गरेर सफा भइसकेको छ ।
धावन मार्गमा नेपाली सेना, प्रहरी, शशस्त्र प्रहरी, चन्दननाथ नगरपालिका, सड्क, पूर्वाधार कार्यालयका गाडि, डोजर, ट्याक्टर, लगायतका साधनहरु समेत घण्टौ गुडाएर सफा गरिएको थियो ।
धावन मार्गमा पहिले सुरक्षाकर्मीले हिउँ पन्छाएपछि सवारीसाधन धावनमार्गमा हिउँ पन्छाउनका लागि चलाइएको थियो । नन्दबक्स गणका गणपति रविन थापाका अनुसार धावनमार्गको सबै हिउँ हटाइसकिएको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले हिमपताले टिकट काटेका धेरै यात्रु नेपालगञ्ज र जुम्लामा अलपत्र भएकाले जिल्लाको सवै निकाय लागेर बिहानैदेखि विमानस्थल सफाइ गरिएको बताउनुभयो ।
स्थानीय जयकृष्ण आचार्यले सुरक्षा निकायसहित सरोकारवाला निकायले थालेको सक्रियताले सड्क र विमानस्थल खुलेकोले खुशी व्यक्त गर्नुभयो । उहाँले अलपत्र यात्रुलाई सहज भएको र आकस्मिक सेवा सहज हुने भएको छ । जहाँज ३ दिनपछि सञ्चालन भएपछि यात्रुहरुले खुशी व्यक्त गरेका छन् ।