logo
२०८१ बैशाख ७ शुक्रवार



सोमबारदेखि जोर-विजोर प्रणाली हट्याे, विद्यालय कलेज फागुन १ बाट खुल्ने

पढ्नै पर्ने |


सोमबारदेखि जोर-विजोर प्रणाली हट्याे, विद्यालय कलेज फागुन १ बाट खुल्ने


काठमाडौं,माघ २३ गते । सोमबारदेखि उपत्यकाका सवारीमा लागू गरिएको जोर–विजोर प्रणाली हट्ने भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले सिसिएमसीसीले दिएको आदेशका आधारमा उक्त निर्णय गरेको भक्तपुर जिल्लाका प्रजिअ रुद्रादेवी शर्माले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
यस्तै विद्यालय र कलेजहरु भने फागुन १ गतेदेखि भौतिक रुपमा सञ्चालन गर्न पाइने उहाँले बताउनुभएको छ । तर, १२ वर्ष मुनिका बालकालिकाका लागि स्थानीय तहलाई जिम्मा लगाउने निर्णय भएको शर्माको भनाइ छ ।

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?