logo
२०७९ असार २० सोमवार

  घुमन्ते चरा आउन सुरु  



एसिया र युरोपबाट जुरेली र अफ्रिकाबाट बच्चा कोरल्न कुक्कु नेपालमा

पढ्नै पर्ने |
खुला |


एसिया र युरोपबाट जुरेली र अफ्रिकाबाट बच्चा कोरल्न कुक्कु नेपालमा
नेपाली आकासमा देखिएका क-याङकुरुङ । तस्बिर साैजन्य : टेकबहादुर घर्तीमगर


काठमाडौं, फागुन २२ गते । पहिलेका बुढापाकाले ग्रीष्म ऋतुको आगमनसँगै पालुवा पालाउने, काँक्रा, फर्सी करेला रोप्नेदेखि चाडपर्वको सिजन सुरु भएको सम्झिन्थे । अहिले त्यसमा परिवर्तन आएको छ । ‘ क-याङकुरुङ आए काँक्रफर्सी रोप, केटाकेटी डराउलान् डालोले छोप’ जस्तो समय अनुसार गीत गाउने चलन पनि थियो । अहिले वैज्ञानिक र प्राविधिको विकाससँगै त्यो चलन उखान टुक्का जस्तै हुन पुगेको छ ।
चराविद् डा.हेमसागर बराल फागुनदेखि जेठसम्म चराको बच्चा कोरल्ने सिजन रहेको बताउनुहुन्छ । यो समय टाढाटाढाबाट गर्मी छल्न र बच्चा कोरल्न चराहरु नेपाल आउने गर्छन् । यतिबेला देखिने कोइली चरी एसियाबाट र कुक्कु अफ्रिका एवं युरोपदेखि नेपाल आउँछन् । मैना, भँगेरा, काग, परेवा र रूप्पी रैथाने चरा हुन् । यिनिहरुको पनि अहिले बच्चा कोरल्ने सिजन हो ।
चराले पार्ने इकोसिष्टमको कुरा होस् या सन्देशको मानिस र चराबीच घनिष्ठ सम्बन्ध रहेको चराविद् बराल बताउनुहुन्छ । उहाँका अनुसार आगन्तुक चरा बच्चा कोरल्न नेपाल आउन थालिसकेका छन् । भने, अङ्ग्रेजीमा क्रेन र नेपालीमा लक्ष्मण सारस जसलाई कमन क्रेन भनिन्छ । नेपालीमा क¥याङकुरुङ भनिन्छ । यो सारस प्रजातिको चरा हो ।

क-याङकुरुङ असोज–कार्तिकमा उत्तरबाट दक्षिणतर्फ र वैशाख–जेठमा दक्षिणबाट उत्तरतर्फ बच्चा कोरल्नका लागि जाने गर्छन् । यिनीहरु मङ्गोलिया, रुसतिर बच्चा उत्पादन गरेर चीन, नेपाल हुँदै भारततिर फर्किन्छन् । त्यही समय नेपालमा देख्न सकिन्छ । ‘नेपालमा क-याङकुरुङ बटुवाको रुपमा देखापर्ने गरेका छन्, यी आगन्तुक चरा हुन्,’डा.बरालले भन्नुभयो,‘नेपाल चराको लागि भ्रमण मार्ग हो ।’

रङ्गीन चरा आँखैमा टाँसिन्छन् । तिनका आवाज सुन्दा पनि मन रमाउँछ । प्रकृतिका सुन्दर सिर्जना चराले वातावरण शान्त भएको अनुभूति दिन्छ । कतिपय चराहरु मानिसको सम्पर्कमै रहने हुन्छन् । घरआँगनमै देखिन्छन् । तिनका आवाज बिहानै सुनिन्छ । काग, कोइली, परेवा, भँगेरा, ढुकुर, सुगा, लाटोकोसेरो लगायतका चरा मानिसकै आसपास डुलिरहने हुन्छन् ।
बासस्थान मात्रै नबिगारी दिने हो भने पनि चराहरु खुसी हुन्छन् । त्यहीँ बास बस्न दैनिक आइपुग्छन् । चराले वातावरण स्वच्छ भएको सङ्केत गर्छ । बिहानको वातावरण प्रायः स्वच्छ र शान्त हुनाले चराहरुको आवाज धेरै सुन्न पाइन्छ । त्यो बेला मन आनन्द हुन्छ ।
नेपालमा आठ सय ८६ प्रजातिका चरा
काठमाडौं उपत्यकामा धेरै थरीका चरा छन् । नेपालमा आठ सय ८६ प्रजातिका चरा पाइन्छन् । संसारभर करिब ११ हजार प्रजातिका चरा छन् । नेपालमा नपाइने तर नेपालको बाटो प्रयोग गरी भारतको राजस्थान पुग्ने क¥याङकुरुङले इकोसिष्टममा एक खालको छुट्टै सङ्केत छोड्ने उहाँको भनाइ छ । ‘ क¥याङकुरुङ आए काँक्रफर्सी रोप, केटाकेटी डराउलान् डालोले छोप,’ गीत डा.बरालले गुनगुनाउनुभयो । यसले चरा र मानिसबीच कस्तो सम्बन्ध छ प्रष्ट पार्ने उहाँको भनाइ छ ।

क-याङकुरुङ नेपालको विभिन्न ठाउँमा देखिने गरेका छन् । नेपालमा जङ्गल धेरै छ । यिनीहरु खुला ठाउँमा बस्ने प्रजातिका चरा हुन् । उहाँका अनुसार नेपालमा पहिले धेरैको सङ्ख्यामा क-याङकुरुङ अरुण उपत्यकालगायत काठमाडौंमा पनि देखिन्थे । त्यो सङ्ख्या घटेको छ । अहिले क-याङकुरुङ देखिने ठाउँ कालीगण्डकी मुख्य हो ।
चारा र हाम्रो परम्परा
कैलालीको कर्णाली साइड र पुरैना तालमा देखिने गरेका छन् भने जोमसोमको एयरपोर्टमा सैयौँको सङ्ख्यामा देख्न सकिने डा.बरालले बताउनुभयो । चराको जीवनशैलीसँगै हाम्रो परम्परा र सामाजिक मूल्यमान्यता गाँसिएको छ । उहाँले भन्नुभयो,‘ नेपाली परम्परामा त चरालाई पूजा गर्ने चलन पनि छ ।’ क-याङकुरुङ आए काँक्रा, फर्सी रोप्ने, कोइली बोल्यो काफल पाक्ने, सर्प आए मैना बोल्ने, बाघ, बिरालो जस्ता हिंस्रक जनावर देखेमा चरा बोल्छन् यस्ता काम गरेर चराले मानिसलाई सूचना दिने काम गर्ने गरेको डा.बरालको भनाइ छ ।

‘चराले मानिसलाई सूचना, सुरक्षा, सन्देश, शक्ति र आइडिया दिन्छ, उसको इसारा बुझ्नुपर्छ,’ उहाँले भन्नुभयो,‘एनिमल प्रोटिन सस्तोमा कुखुरा किनेर खान्छौँ, त्यो घरपालुवा कुखुराको बीउ जङ्गली कुखुरा लुइँचे हो’ यसरी मानिसलाई बलियो बनाउन चराले मद्दत गरेको छ ।
चराबाट धेरै फाइदा लिन सकिन्छ
मानिसले लगाउने डाउन ज्याकेट पनि कुखुराबाट आउँछ । मानिस प्लेनमा उड्छ त्यसको आइडिया पनि चराबाट आएको हो । जुन अहिले यातायातको सबैभन्दा उपयुक्त माध्यम बनेको छ । समुद्रमा बस्ने चराको एकदम ठूलो बथान हुन्छ । कुनै–कुनै टापु चराको दिसाले भरिएको हुन्छ । त्यसलाई अङ्ग्रेजीमा गुवानो भनिन्छ । गुवानोका लागि दुई देशबीच लडाँइसमेत भएको उहाँले बताउनुभयो । त्यो गुवानो लिन जहाज जान्छ । गुवानो एकदमै राम्रो मल हो ।

यसरी चराको महत्व धेरै छ । चराले इकोसिष्टममा पार्ने प्रभाव त छँदैछ । अर्कोतिर बिरुवा सार्ने काममा पनि चराको मुख्य भूमिका रहेको हुन्छ । गर्मीमा आउने मुरालीलगायतका चरा नेपाल भित्रिसकेका छन् । केही आउँदैछन् । मार्चको अन्त्यसम्म सबै आइसक्ने डा.बरालले बताउनुभयो ।

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको तापक्रम बढेकाले पहिला भित्रिने चरा र अन्य जीवको वासस्थान खलबलिएको छ । वासस्थान र आहारमा आएको फेरबदलकै कारण जाडो सुरु हुनुअघि मङ्गोलियादेखि उड्न सुरु गर्ने क-याङकुरुङ चीन, तिब्बत, माथिल्लो मुस्ताङ, धौलागिरी तथा नीलगिरी हुँदै भारत राजस्थानको किचन गाउँ र गुजरातको कच जाने गर्छन् ।

जाडो छल्न बथानका बथान क-याङकुरुङ भारतको राजस्थान र गुजरात जान्छन् । बच्चा कोरल्न भने आफ्नै वासस्थान मङ्गोलिया, रुसतर्फ फर्कन्छन् । क¥याङकुरुङ अफ्रिका, टर्कीको एटलास माउटेन, काजकस्तान, चीन, रुसमा पाइन्छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?