दुःखीलाई दुःखीले दिएको ‘रु.१५५’
रासस
कार्तिक २७, २०७७ बिहीबार
सेतो पहिरन, थाप्लोमा नाम्लो र पिठ्युँमा डोको बोकेकी महिला टुप्लुक्क खुलामञ्च चउरमा देखिनुभयो । त्यही भीडमा रातो फाइबरको झोलामा कागज र खिच्रीमिच्री बोकेकी अर्की महिला सहयोगको हात फैलाउँदै हुनुहुन्थ्यो । “मेरी छोरी बिरामी छिन्, उपचार गर्न केही सहयोग गर्नुहोस् न”, भीडमा उहाँले अनुग्रहसहित बोल्नुभयो । भीडमा हुनेखाने देखिएका धेरैले उनको अनुग्रह अस्वीकार गरे झैँ मुन्टो बटारे । कतिपयले कति आउँछन् यस्ता मगन्ते भनेर...