बागलुङ बाढीमा जाेगिएकाहरू भन्छन, ‘पाँच सेकेण्डले बाँच्यौँ’
रासस
भाद्र १९, २०७७ शुक्रबार
घरबाट निस्कँदा ढोरपाटन पुग्ने निधो थिएन । घुम्ने रहर न हो–कृष्ण, दिलु खड्का, इन्द्र र नवीन भण्डारी बुधबार मध्यान्ह मोटरसाइलमा हुँइकिए । गलकोटदेखि मध्यपहाडी लोकमार्ग हुँदै बुर्तिबाङ बजार पुगे । खाजा खाइवरी त्यहाँबाट अघि बढ्ने योजना बुने ।
पहिले ढोरपाटन जाने सल्लाह भयो । सडक बिग्रेको थाहा पाएपछि निसीखोला हुँदै रुकुमसम्म पुग्ने सोच बनाए । रुकुमतर्फको सडक पनि अबरुद्ध भएको खबर साथीबाट पाएपछि फेरि ढोरपाटनतिरै यात्रा...