गोरखापत्र अनलाइन
काठमाडौं, पुस ८ गते । उपप्रधान एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादबले प्रधानमन्त्री समक्ष राजिनामा दिनुभएको छ । उहाँले आजै प्रधानमन्त्रीलाई सम्बोधन गरेर राजिनामा दिएको जानकारी गराउनुभएको हो ।
समाजवादी पार्टी नेपालका अध्यक्ष समेत रहनुभएका यादबले मन्त्रीपरिषद्को बैठकबाट संविधान संशोधनको पूर्व तयारी स्वरुप लगेको प्रस्ताव अस्वीकार गरिएकोले नैतिकताको आधारमा सरकारमा बसिरहन औचित्य नभएको राजिनामा पत्रमा उल्लेख गर्नुभएको छ । यसैबीच समाजवादी पार्टीबाट सरकारमा सहभागी अर्का मन्त्री माेहमद इश्तियाक रार्इले पनि पदबाट राजिनामा दिनु भएकाे छ । उहाँ शहरी विकास मन्त्री हुनुहुन्थ्याे ।
याे पनि पढ्नुहाेस्