logo
२०८१ मंसिर ८ शनिवार



राष्ट्रियसभा बैठक: सहमति र सहकार्यका लागि आह्वान

राष्ट्रिय |


राष्ट्रियसभा बैठक: सहमति र सहकार्यका लागि आह्वान


सविता शर्मा

काठमाडौं, फागुन २१ गते । राष्ट्रिय सभा बैठकमा सहमति र सहकार्यका आधारमा अगाडि बढ्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् । बुधबार बसेको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले राष्ट्रिय मुद्दामा सहमतिमा अगाडि बढ्नुपर्ने कुरालाई जोड दिएका थिए ।

राष्ट्रिय सभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका नेता दिनानाथ शर्माले राष्ट्रिय सभाले विधेयक पारित गर्ने मात्र नभई जनसरोकारका विषयमा पनि सभाले उत्तिकै महत्व दिएको बताउनुभयो । उहाँले नवनिर्वाचित सांसदहरुलाई कार्यकालको शुभकामना दिँदै भन्नुभयो,“राष्ट्रिय सभाले “राष्ट्रियसभाले परिपक्व व्यक्तिलाई पाएको छ, नवनिर्वाचित सदस्यको सुन्दर उपस्थितिले अत्यन्त खुसी बनाएको छ ।”

नेपाली काङ्ग्रेसका सांसद अनिता देवकोटाले सहमति र सहकार्यको आधारमा अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले आर्थिक तथा सामाजिक रुपान्तरणका लागि प्रतिपक्ष र सत्तापक्ष एक ठाउँमा उभिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

समाजवादी पार्टी नेपालका सांसद प्रमिला कुमारीले नवआगन्तुक सांसदहरुलाई स्वागत र सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । उहाँले संविधानलाई समृद्ध बनाउन र राष्ट्रिय सभालाई झन् मर्यादित बनाउन भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो ।

नवनियुक्त सांसद नारायणकाजी श्रेष्ठले राष्ट्रियताका कुरामा एकतावद्ध भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,“लोकतन्त्रको रक्षा, अभ्यास र विकासमा सबै एकतावद्ध भएर अगाडि बढ्नुपर्छ ।”

उहाँले नेपाल विकासका लागि प्रचुर सम्भावना र अपूर्व आधार भएको देश भएको बताउनुभयो । उहाँले भन्नुभयो,“व्यवहारमा नै आर्थिक समृद्धिको कार्यभार पूरा गर्नुको हामीसँग विकल्प छैन ।” उहाँले दीर्घकालीन, मध्यकालीन र तात्कालीन हिसाबले विकास निर्माणलाई अगाडि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले देशलाई समृद्ध बनाउँदै समाजवाद निर्माणको दिशातर्फ अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले समृद्ध, सभ्य र सुसँस्कृत देश हो भनेर पहिचान स्थापित गर्नुपर्ने दायित्वप्रति सबै सचेत रहनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय सभा बैठकको तर्फबाट अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्रीको शिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको थियो ।

अध्यक्ष तिमिल्सिनाले बैठकमा मन्त्रीपरिषद्को सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका अर्थ मन्त्री डा. युवराज खतिवडाले मङ्गलबार पदबाट दिनुभएको राजीनामा स्वीकृत गरिएको र उहाँको जिम्मेवारी प्रधानमन्त्री स्वयंले नै सम्हाल्ने गरी तोक्नुभएको सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रहरुको व्यहोर पढेर सुनाउनुभयो ।

यसैगरी राष्ट्रिय सभा बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन सभा समक्ष पेश गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादलले प्रतिवेदन पेश गर्नुभयो ।

नवनिर्वाचित सांसदलाई स्वागतका निम्ति दलीय आधारमा बोल्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद दीनानाथ शर्माले राष्ट्रियसभाले विधेयक पारित गर्ने मात्र नभई जनसरोकारको विषयमा पनि सभाले उत्तिकै महत्व दिँदै गएको बताउनुभयो । “राष्ट्रियसभाले परिपक्व व्यक्तिलाई पाएको छ, नवनिर्वाचित सदस्यको सुन्दर उपस्थितिले अत्यन्त खुसी बनाएको छ”, उहाँले भन्नुभयो, “राज्यले सम्पेको अभिभारा पूरा गर्न यहाँहरुको भूमिका महत्वपूर्ण हुनेछ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?