काठमाडौं, फागुन १४ गते । हावा बढी चल्ने र सुक्खायामका कारण फागुन–चैत्रदेखि वैशाख–जेठसम्म डढेलो लाग्ने गर्छ । सुख्खायामासँग देशका विभिन्न भागमा डढेलाे फैलेने माैसम सुरू भएकाे छ । डढेलाे नियन्त्रण गर्न समयमै सजगता नअपनाए यस वर्ष पनि डढेलाेले धेरै जनधनकाे क्षति हुन सक्छ ।
नेपालमा पनि निजी वन सरोकारवाला महासंघका अध्यक्ष विष्णु ज्ञवालीले वनमा लाग्ने डढेलो नियन्त्रण भन्दा लाग्नै नदिने उपायहरु खोज्नु जरुरी छ । वनमा डढेलो प्राकृतिकभन्दा मानवीय कारणले धेरै लाग्ने गरेको उहाँले बताउनुभयो । ‘सुक्खायामका कारण पातपतिङ्गर सुकेको हुन्छ, चुरोटका ठुटाजस्ता वस्तुमा रहेको सानो आगोको झिल्को फाल्दा, हेलचक्रयाँइ गर्दा वनक्षेत्रका राजमार्गतिर आगो लाग्छ,’ अध्यक्ष ज्ञवालीले भन्नुभयो ।
कतिपय मानिस जंगलमा नयाँ पालुवा पलाउँछ भनेर आगो लागाउने गर्छन् । ‘मानिसको आज्ञनता कारण पनि वनमा डढेलो लाग्छ,’उहाँले भन्नुभयो,‘काठमाडौंका वनमा पनि डढेलो लाग्छ, शिवपुरी वनको संरक्षण सेनाले गरेको छ, आफ्नो नियमअनुसार सेनाले पनि काम गर्छ ।’
उहाँका अनुसार पहाडी क्षेत्रका वनमा डढेलो लागेमा निभाउने जनशक्ति नै हुँदैन । कतिपय वन कार्यालय अन्र्तगत रहेका छन् केही सामुदायिक समूह अन्तर्गत रहेका छन् । डिभिजन वनले सचेतनाको कार्यक्रम, सूचना प्रविधिका मानिसले सूचना जानकारी सम्प्रेषण गर्ने गरेको ज्ञवालीले बताउनुभयो ।
डढेलो नियन्त्रण गर्न वनमा फायर ल्याण्ड बनाउने अध्यक्ष ज्ञवालीले बताउनुभयो । फायर ल्याण्डहरु सफा गर्ने गर्नुपर्ने हुन्छ । सुकेका पातपतिङ्गरहरु एकै ठाउँमा राखेर जालाउने जस्ता कार्य गरेर आगो नियन्त्रिण गर्न सकिने हुन्छ ।
अहिले आगलागी हुने सम्भावना भएका ठाउँमा धेरै जनशक्ति राखेर काम गर्न सक्ने स्थिति नरहेको उहाँको भनाइ छ । आगलागी हुने क्षेत्र बाटोमा आफैँले आगो लगाएर हटाउने (कन्टोल फायर) काम पनि गरेको उहाँले बताउनुभयो । यसरी गर्दा एकातिर लागेको आगो अर्कोतिर जान नपाउने हुन्छ । आगलागी नियन्त्रण गर्न सकिन्छ ।
फायर लाइन (अग्नि रेखा) निर्माण गरिँदै
कुनै कारणवश आगो लागेमा ठूला प्रविधि नभएका कारण आगो लाग्नुभन्दा लाग्नै नदिने उपाय खोज्नुपर्नेमा उहाँले जोड दिनुभयो । नेपालमा पहाडी भू–भाग धेरै रहेकाले बाटोको समास्याका साथै डडेलो निभाउने दमकल पनि नरहेको उहाँले बताउनुभयो । पतिङ्गर हटाएर आगलागी नियन्त्रण पनि गर्न सकिने हुन्छ । ‘आगलागी भइसकेपछि नियन्त्रण गर्न धेरै गाहे हुन्छ,’ उहाँले भन्नुभयो,‘ हामीसँग प्रविधि, मनावस्रोत पनि नरहेकाले ततकाल परिचालन गर्न सक्नेस्थिति छैन ।
त्यसकारण आगो लाग्नुभन्दा लाग्न नदिनु तिर काम गर्नुपर्नेमा उहाँको जोड छ । त्यसको लागि जनचेतना जागाउने, सुसूचित गर्ने सन्देश दिनुपर्ने हुन्छ । नेपालमा धेरै जसो बस्तीहरु वनसँग जोडिएको ठाउँमा रहेको छ ।
मानिसलाई यससम्बन्धी ज्ञान पनि छैन । पछिल्लो चरणको सामाजिक अवस्था हेर्ने हो भने पहाडतिर मानिसमा जाग् कम छ । जनसंख्या कम छ । कम गर्ने युवा पनि कम छ । त्यसकारण वन बढ्दै गएको छ । यस्तो अवस्थामा वनमा आगलागी भयो भने नियन्त्रण गर्ने जनशक्ति छैन ।
यसरी बस्तीमा आगो छिर्ने सम्भावना बढी हुन्छ । विगतमा यस्ता घटना देखिएको उहाँको भनाइ छ । यसको लागि मध्ये पहाडी क्षेत्रमा अलि बढी चनाखो हुनुपर्ने देखिएको बताउनुभयो । यसको लागि राज्यको ध्यान बेलैमा पुग्न जरुरी रहेको बताउनुभयो ।
नेपाल अर्थतन्त्रमा वन–जङ्गलको महत्व र आवश्यकता विश्वका अन्य मुलुकको तुलनामा अझ बढी रहेको छ । तर नेपालको अधिकांश भू–भाग भिरालो, अस्थिर, कमजोर, संवेदनशील छ । धेरै मानिस ग्रामीण बस्ती र कृषिमा आधारित रहेकाले वन–जङ्गलको महत्व र आवश्यकता तुलनात्मक रूपले अझ अपरिहार्य रहेको डिभिजन वन कार्यालय काठमाडौंका सूचना अधिकारी शिवराम थापाले बताउनुभयो ।
काठमाडौं उपत्यकामा आर्थिक वर्षअनुसार हस्तान्तरण भएका सामुदायिक वनको संख्या तथा क्षेत्रफल विगत सात वर्षदेखि स्थिर रहेको छ । वि.सं.२०५० सालदेखि सामुदायिक वन हस्तान्तरण कार्यको सुरुवात भइ हालसम्म निरन्तर चलिरहेको छ । काठमाडौंमा डिभिजन वन कार्यालय काठमाडौं अन्र्तगत छ वटा सव डिभिजन वन कार्यालय स्थापना भई काम भइरहेको छ ।
यसको वन अनुसन्धान तथा सर्वेक्षण विभागले सन् २०१५ डिसेम्बरमा प्रकाशित गरेको स्टेट अफ नेपाल्स फोरेष्टस् प्रतिवेदन अनुसार काठमाडौंको वन क्षेत्र र अन्य क्षेत्र गरी कुल क्षेत्रफल ४१३६१ हेक्टर मध्ये वन क्षेत्रले १५ हजार १२९ हेक्टर क्षेत्रफल ओगटेको छ । जुन काठमाडौंको कुल क्षेत्रफल मध्ये वन काष्ठ तथा बुट्यान क्षेत्र गरी जिल्लाको ३६.८४ प्रतिशत ओगटेको छ ।
सामुदायिक वन हस्तान्तरणको प्रक्रियासँगै वनको अवस्था हैसियत तथा गुणस्तरमासमेत बृद्धि भएको छ । हाल काठमाडौंका सामुदायिक वनमा पर्यापर्यटन प्रवद्र्धन गरि आयमुलक कार्यक्रम संचालन गरी यसबाट अत्याधिक फाइदा लिई समूहको आर्थिकस्थित सवल पार्ने समूहहरु पनि रहेको छ ।
सरकारले अख्तियार गरेको सामुदायिक वनको नीति, कृषि र पशुपालन पेसा त्याग्ने जनसंख्या वृद्धि, बसाइँसराइ, माओवादी द्वन्द्वजस्ता कारणले वन क्षेत्र फैलिएको देखिएको डिभिजन वन कार्यालय हात्तीसारकी सहायक अधिकृत दुर्गा कार्की बताउनुहुन्छ ।
उहाँका अनुसार सामुदायिक वनको अवधारणा लागू भएपछि नेपालमा वन क्षेत्र विस्तार भएको हो । पहाडी र हिमाली भेगमा वनको हिस्सा बढेको छ । ती क्षेत्रमा समुदायले व्यवस्थापन गरेका वनको अनुपात बढी छ । सामुदायिक वन नेपालको मौलिक अवधारणासमेत रहेको उहाँको भनाइ छ । खेतीयोग्य जमिन घट्नु भनेको त्यसमा जंगल उम्रनु हो या बस्ती विस्तार हुनु हो ।
अधिकांश पहाडी र हिमाली भेगमा खेतीयोग्य जमिन मासिएपछि बुट्यान हुर्कन्छ र कालान्तरमा जंगल बन्छ । पहाड र हिमाली भेगदेखि तराई एवं ग्रामीण भेगदेखि शहरमा बसाइँ सर्ने क्रम तीव्र छ । पहाडी इलाकाको जनसंख्याको तुलनामा तराईमा वृद्धिदर उच्च छ । जनसंख्याको घनत्व बढी भएको तराईमा वनको क्षेत्रफल घटेको छ भने कम हुने जिल्लामा बढेको अध्ययक्ष ज्ञवालीको भनाइ छ । घना र समृद्ध पुराना वन–जङ्गलहरू मासिँदै गइरहेको छ ।
यो प्रक्रिया हाल विकासका नाममा अझ बढी तीव्र हुँदै विनाशोन्मुख भइरहेको स्थिति छ । योे विकराल समस्या हो । यसको निदान बेलैमा सोचिएन भने समस्या अझै व्यापक र विनाशकारी हुन सक्ने देखिएको उहाँले बताउनुभयो ।
वातावारणविद् भुषण तुलाधार भन्नुहुन्छ– उपर्युक्त प्रयोजनका अतिरिक्त वन–जङ्गलका अन्य विविध सकारात्मक गुण र प्रभावबाट मानिस र अन्य जन्तु लाभान्वित भइरहेका हुन्छन् । रुखले सूर्यका हानिकारक परावैजनी किरणहरूलाई जमिनमा पुग्नबाट रोकी मानिसलाई संरक्षित गर्ने गरेको छ । तापक्रमको अत्यधिक घटबढलाई नियन्त्रण गर्छ ।
वर्षातको पानीलाई जमिनमा संग्रह हुन दिई अविरल मुहानको सिर्जना गराउने हुन्छ । ‘ बाढी–पहिरो, भूस्खलन नियन्त्रण गर्छ; पिउने पानीको प्राकृतिक प्रशोधन गराउँछ; बादल बन्न र वर्षा हुन सघाउछ,’ उहाँले भन्नुभयो । मानिसको विभिन्न गतिविधिले वर्षेनी आगलागी जस्तो दार्दनाक घटना हुने हुन्छ । माटोको संरक्षण, उर्वराशक्ति र उत्पादकत्व केवल बोटविरुवाले बढाउँछ ।
ध्वनि, धुलो, धुवाँलाई शोषण गरी प्रदूषण नियन्त्रण गर्छ । हावाहुरीको वेगलाई पनि नियन्त्रण गर्छ । चरा–चुरुंगीलगायत जीवजन्तुको आश्रय र अस्तित्व सम्भव पारी पर्यावरणीय सन्तुलन वनले मात्र गर्ने हुन्छ । वन–विनाशको कारण कतिपय गाउँबस्ती, खेतबारी, पुलपुलेसा र जनधनमा ठूलो क्षति हुनुका साथै पानीका मुहान, इनार आदि सुक्ने उहाँको भनाइ छ ।