logo
२०८० चैत्र १५ बिहीवार

तस्बिरमा म्यादी प्रहरीमा आवेदन बुझाउनेकाे भीड

पढ्नै पर्ने |
खुला |
फोटो फिचर |


2022-03-20-60270
तस्बिर : कबिता थापा


काठमाडौं, चैत ६ गते । आजदेखि ७७ वटै जिल्लामा प्रहरी कार्यालयमार्फत म्यादी प्रहरीमा आवेदन लिन सुरु भएको छ । नेपाल प्रहरीको मानवस्राेत एवं प्रशासन विभाग भर्ना छनाेट महाशाखा नक्साल काठमाडौंले ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागेको हो । म्यादी प्रहरीमा भर्नाका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले आगामी चैत ११ गतेसम्म आवेदन दिन सक्नेछन् । भर्ना हुन अन्य स्वास्थ्य मापदण्ड प्रहरी जवानसरह हुनुपर्ने छ ।

स्थानीय तह निर्वाचनका लागि खुलाइएको म्यादी प्रहरी भर्ना हुन पाउने भएपछि पहिलो दिन नै महानगरीय प्रहरी परिसर, टेकु काठमाडौंमा भीड लागेको छ । ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत आवेदन दिन सकिनेछ । म्यादी प्रहरीको छनोट प्रक्रिया चैत १५ बाट सुरु हुनेछ । चैत २२ गते अन्तिम नतिजा प्रकाशन गरेर २८ गतेबाट प्रशिक्षण सुरु हुनेछ । छनोट भएका म्यादी प्रहरीलाई सात दिन तालिम दिएर खटाउने सरकारको तयारी छ ।

भर्नाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) बाट उपदान / निवृत्तिभरणमा निस्किएका पूर्वसुरक्षाकर्मी, पूर्ववनरक्षक, विदेशस्थित सुरक्षा निकायबाट अवकाश / उपदानमा निस्किएका, यसअघि म्यादीमा काम गरेका र २०७८ साउनदेखि सुरक्षा निकायमा भर्ना आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्णलाई म्यादी प्रहरीको छनोटमा प्राथमिकता दिइनेछ ।

यसका लागि ४० दिनको कार्यावधि तोकेर प्रतिव्यक्ति पारिश्रमिक एकमुष्ट ३० हजार २४०, पोसाकबापत छ हजार, रासनबापत एकमुष्ट सात हजार २०० र एक पटकका लागि सवारी खर्चबापत प्रतिव्यक्ति एक हजारका दरले रकम विनियोजन हुने गरी म्यादी प्रहरीको सुविधा निर्धारण गरिएको छ ।

म्यादी प्रहरीलाई बीमालगायतको सुविधा छ । नेपाल प्रहरीले एक लाख म्यादी प्रहरी भर्नाका लागि आवेदन खुलाएको हो । आवेदन दिनेले फौजदारी अभियोग नलागेको, कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक र मानसिकरुपले तन्दुरुस्त नेपाली नागरिक हुनुपर्नेछ ।

तस्बिर : कविता थापा