logo
२०८० चैत्र १६ शुक्रवार



देशको सेवामा एकतावद्ध भएर योगदान गर्नुहोस् : प्रधानसेनापति शर्मा

राष्ट्रिय |
खुला |


देशको सेवामा एकतावद्ध भएर योगदान गर्नुहोस् : प्रधानसेनापति शर्मा
स्वर्गीय जमदार घुमसिंह कठायतकी १०६ वर्षीय धर्मपत्नी भद्रकालीलाई सम्मान गर्नुहुँदै प्रधानसेनापति प्रभुराम शर्मा। तस्बिर: प्रकाशविक्रम शाह


प्रकाशविक्रम शाह
धनगढी, चैत १० गते। प्रधानसेनापति प्रभुराम शर्माले जागिरमा रहे पनि नरहे पनि देशको सेवामा लागि रहन भूतपूर्व र वर्तमान नेपाली सेनालाई आग्रह गर्नुभएको छ।

२५ नम्बर बाहिनी अड्डाको भवानी दल गण कैलालीको तेघरी ब्यारेकमा आयोजित भूतपूर्व सैनिक सम्मेलन–२०७८ लाई सम्बोधन गनुहुँदै प्रधानसेनापति शर्माले अवकाशका दिनमासमेत समाजलाई एकतावद्ध बनाएर राख्नसमेत आग्रह गर्नुभयो।

राजनीतिक रुपमा निष्पक्ष चरित्र ठूलो सम्पत्ति भन्दै उहाँले आफ्नो कर्तव्य अनुसार देशका दाजुभाइ र दिदीबहिनीसँग घुलमिल हुनुपर्ने बताउनुभयो।

उहाँले नेपाली सेनामा कार्यरत र सेवा निवृत्तको हितका लागि १० वर्षीय विशेष योजना बनेको उल्लेख गर्नुभयो। २०३४ सालमा एक करोड २४ लाख एक हजारबाट सुरु भएको सैनिक कल्याणकारी कोष ६४ अर्ब रुपियाँको भएको उहाँको भनाइ छ। ‘मुल कोषमा हानी नहुने गरेर कार्यरत र सेवा निवृत्तको हितका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहने छौँ’, उहाँले भन्नुभयो।

कल्याणकारी कोषबाटै सातै प्रदेशमा अस्पताल विस्तार, सेनाका परिवारका लागि घर बनाउने कर्जा, स्वारोजगारका लागि ऋण, निवृत्त ज्येष्ठ सैनिक भत्ता जस्ता धेरै परोपकारी कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। प्रधानसेनापति शर्माले अवकासपछि विदेश जानेहरु बढेकोमा चिन्ता व्यक्त गर्दे स्वदेशमै स्वरोजगारमुलक काम गरेर बस्न आग्रह गर्नुभयोे।

कार्यक्रममा कैलाली तथा कञ्चनपुर जिल्लामा कार्यरत र सेवानिवृत्त परिवारका सदस्यलाई आयआर्जनका लागि लघुवित्त कार्यक्रमअन्तर्गत सहुलियत दरमा ऋण प्रदान गरिएको थियो। कार्यक्रममा शर्माले ज्येष्ठ नागरिकलाई सम्मान र वृद्ध भत्ता वितरण गर्नुभयो।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?