logo
२०८१ बैशाख १२ बुधवार



मिनी बस कर्णालीमा दुर्घटना : सहचालक बेपत्ता

राष्ट्रिय |
खुला |


मिनी बस कर्णालीमा दुर्घटना : सहचालक बेपत्ता


प्रेमराज सिम्खडा

कालिकोट, चैत २० गते। कालीकोट जिल्लाको जिते जारकोट सडकखण्डमा मिनी बस दुघर्टना भएको छ। कर्णाली करिडोरको जितेगडा-कोल्टी सडकखण्डको पचाल झरना गाउँपालिका–८ मा पर्ने भैसिसेन नजिकैबाट मिनी बस कर्णाली नदीमा खसेको हो।

कर्णाली प्रदेश ना ००२ ख ०१६२ नम्बरको मिनी बस आइतबार दिउँसो कर्णालीमा खसेको जिल्ला प्रहरी कार्यलय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक भुपेन्द्र शाहीले जानकारी दिनुभयो।

मिनी बसमा चालक, सहचालक र एक किशोरी सवार थिए। चालक र किशोरी पौडी खेलेर बच्न सफल भएका छन् भने सहचालक बेपत्ता छन्। रास्कोटको शान्तिघाट प्रहरी पोस्टमा इन्ट्री गर्दा तीन जनामात्र सवार भए पनि बाटोमा अन्य यात्रु चढे नचढेको खुलेको छैन।

दुर्घटनामा परेका सवारी चालक दैलेख घर भएका कृष्ण शाही पौडी खेलेर बच्नुभएको हो। सहचालक रास्कोट नगरपालिका –१ का १९ वर्षीय जीवन शाही बेपत्ता भएको प्रहरीले बताएको छ। मिनीबस सडकबाट अन्दाजी ३० मिटर तल नदीमा खसेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?