logo
२०८१ बैशाख ७ शुक्रवार



श्रीलङ्काको केन्द्रीय बैंकमा नयाँ गभर्नर नियुक्त

अन्तर्राष्ट्रिय |


श्रीलङ्काको केन्द्रीय बैंकमा नयाँ गभर्नर नियुक्त


कोलम्बो, चैत २५ गते । श्रीलङ्काको केन्द्रीय बैंकको गभर्नरमा नयाँ नियुक्ति गरिएको छ । सरकारले वरिष्ठ अर्थशास्त्री डा. नन्दलाल वीरासिङ्घे नयाँ गभर्नर बनाएको केन्द्रीय बैंकले जनाएको छ । सरकारले उहाँसँगै के एमएम सिरिवार्धनालाई अर्थ मन्त्रालयको नयाँ सचिवको जिम्मेबारी दिएको छ । उहाँहरुलाई राष्ट्रपति गोटाबाय राजापाक्षेले बिहीबार नियुक्ति पत्र दिनुभएको छ।

गभर्नरमा नियुक्त वीरासिङ्घे कोलम्बो विश्वविद्यालयमा कार्यरत हुनुहुन्थ्यो । अर्थशास्त्रमा गहिरो अध्ययन गर्नुभएका उहाँले अर्थशास्त्रसम्बन्धी अनुसन्धान र अध्यापन पनि गर्दै आउनुभएको छ । उहाँ मलेसियाको वियसान केन्टरमा पनि आबद्ध हुनुहुन्छ भने अष्ट्रेलियाको राष्ट्रिय विश्वविद्यालयमा सार्वजनिक नीति र व्यावहारिक अर्थतन्त्र विश्लेषण केन्द्रको सल्लाहकार समिति सदस्य हुनुहुन्छ ।

त्यसैगरी अर्थ सचिवमा नियुक्त सिरिवर्धनाले अन्तर्राष्ट्रिय वित्तिय कोषको तर्फबाट श्रीलङ्का, भारत, बङ्लादेश र भुटानका लागि वैकल्पिक निर्देशकको रुपमा काम गर्नु भएको थियो । उहाँले श्रीलङ्काको आर्थिक विभागको महानिर्देशकको रुपमा समेत अर्थतन्त्रमा योगदान गरिसक्नुभएको छ ।राष्ट्रपति राजापाक्षेले यसअघि गत बुधबार अर्थशास्त्री तथा विज्ञहरुलाई सहभागी गराएर सल्लाहकार समूह गठन गर्नुभएको थियो ।

श्रीलङ्कामा अहिले आर्थिक सङ्कटसँगै राजनीतिक सङ्कट पनि उत्पन्न भएको छ । तत्कालीन मन्त्रीहरुले राजीनामा दिएका छन् भने आम नागरिक आन्दोलनमा छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?