एटिएम ह्याक अनुसन्धान जटिल बन्दै, प्रहरीले मगायो विज्ञ टोली
गोरखापत्र अनलाइन ,
भाद्र १८, २०७६ बुधबार
बैंकिङ प्रणालीमाथि नै प्रश्न उब्जने गरी भदौ १४ मा काठमाडौँमा एटिएमको स्विच नै ‘ह्याक’ गरेर करोडौँ रकम निकालियो । यति ठूलो रकम निकालिए पनि घटनाबारे सम्बद्ध बैंक बेखबर रह्यो ।