भूकम्प गएकाे चार वर्षभयाे पीडित अझै छिमेकीको पिँढीमा शरण लिन वाध्य
गोरखापत्र अनलाइन ,
भाद्र २०, २०७६ शुक्रबार
पालुङटार–६ की शोभा गुरुङ हरेक दिन सूर्य नअस्ताउँदै रातको खाना खानुहुन्छ र दुई नातिनी लिएर छिमेकीको पिँढीमा पुग्नुहुन्छ । बिहान भालेको डाँकसँगै आफ्नो घर भएको स्थान फर्कनुहुन्छ । चार वर्षअघि २०७२ सालको भूकम्प गएदेखि नै उहाँको दिनचर्या यस्तै भएको छ ।पीडामा पनि हाँसो मिसाउँदै उहाँ भन्नुहुन्छ, “के गर्नु बास छैन, त्यसैले साँझ नपर्दै दुई नातिनी च्यापेर रोधीघर हिँडेजस्तो हिँड्नुपर्छ, अर्काको छिडीँ खोज्दै । ” उहाँको घर...