स्थानीय निर्वाचनमा सत्ता साझेदार दलका बीचमा सहमति हुन्छ : मन्त्री आले
रासस
चैत्र १८, २०७८ शुक्रबार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आगामी स्थानीय तहको निर्वाचनमा सत्ता साझेदार दलहरुबीच सहमति कायम गरी अगाडि बढ्ने निर्णय भएको जानकारी दिनुभयो । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले जिल्ला तहमा जिल्ला कार्यदल निर्माण गरी प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्य आपसी सहमतिबाट निर्णय हुने बताउनुभयो ।