म्यादी भर्नाको नाममा ठगी गर्ने पक्राउ
गोरखापत्र अनलाइन
चैत्र १९, २०७८ शनिबार
म्यादी प्रहरीमा भर्ना गराइदिन्छु भन्दै विभिन्न व्यक्तिसँग रकम उठाउने एक युवकलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ। चन्द्रनगर गाउँपालिका–७, का ३१ वर्षीय दीपेन्द्र चौधरीलाई प्रहरीले ठगीको आरोपमा पक्राउ गरेको हो। मलङ्गवा पुगेर चौधरीले विभिन्न व्यक्तिसँग म्यादीमा भर्ना गराइदिने भन्दै पाँचदेखि सात हजार रुपियाँसम्म उठाइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।