एआईजी पदमा बढुवाविरुद्ध सर्वोच्चमा रिट दर्ता, आइतबार पेशी
गोरखापत्र अनलाइन
चैत्र १७, २०७८ बिहीबार
नेपाल प्रहरीका तीन जना डीआईजीलाई एआईजीमा बढुवा गरेकोविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले डीआईजीहरु वसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको थियो ।