एक तिहाइ महिला उम्मेदवार मनोनयन गर्न आयाेगकाे निर्देशन
गोरखापत्र अनलाइन
चैत्र १६, २०७८ बुधबार
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा एक तिहाइ महिला उम्मेदवार मनोनयन गर्न निर्देशन दिएको छ ।
नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, स्थानीय तह निर्वाचन ऐन, निर्वाचन आयोगको तेश्रो पञ्चवर्षीय रणनीतिक योजना (२०७६/७७–२०८०/८१) र निर्वाचन व्यवस्थापनमा लैङ्गिक तथा समावेशी नीतिमा भएका व्यवस्था बमोजिम स्थानीय तह निर्वाचनको व्यवस्थापन र सञ्चालनलाई लैंगिक तथा समावेशी बनाई महिला तथा समावेशी समूहका व्यक्तिहरुलाई उम्मेदवार...