चट्याङसहित वर्षाको सम्भावना
रासस
चैत्र १६, २०७८ बुधबार
आगामी तीन दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार भारतको विहार आसपास रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभावका साथै स्थानीय वायुको प्रभावका कारण आगामी तीन दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका भू–भागका केही स्थानमा मेघगर्जन र...