‘सरकारले उद्योगी र व्यवसायीप्रति मैत्रीपूर्ण व्यवहार गरिरहेको छ’
रासस
फाल्गुन २१, २०७८ शनिबार
गृहमन्त्री बालकृष्ण खाँणले सरकारले उद्योगी र व्यवसायीप्रति मैत्रीपूर्ण व्यवहार गरिरहेको बताउनुभएको छ । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ भैरहवाको ६३औँ वार्षिक साधरणसभामा मन्तव्य राख्दै गृहमन्त्री खाँणले भन्नुभयो, “निजी क्षेत्रप्रति राज्यले गरेको भरोसा कहिल्यै टुट्न दिइने छैन, राज्य सञ्चालनमा निजी क्षेत्रको अहम् भूमिका छ ।”