निर्वाचन चिन्ह हरियो रङ्गमा, ७२ दलले देशैभरी उम्मेदवारी दिन पाउने
गोरखापत्र अनलाइन
फाल्गुन २३, २०७८ सोमबार
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा हरियो रङ्गको चुनाव चिन्ह हुने भएको छ । स्थानीय तह निर्वाचनका लागि आवश्यक मतपत्र छपाई गर्दा मतपत्रमा छपाई हुने चिन्ह, विवरण तथा सुरक्षा चिन्हहरु हरियो मसीले छपाई गर्ने निर्णय गर्ने सोमबार पत्रकार सम्मेलनमार्फत आयोगले जनाएको हो ।