हेलचक्र्याइँ र काम गर्ने संस्कृतिको अभाव मुख्य कारण : पूर्व कर्मचारी
छेटु शेर्पा
फाल्गुन १०, २०७८ मंगलवार
नागरिकको दैनिक जीवनसँग जोडिएका सवारी चालक अनुपत्र, राहदानी जस्ता अति आवश्यकीय सेवा समयमै नपाउने भीडभाड र लामो समय कुर्नु पर्ने वाध्यता वर्षाैंदेखि जारी छ । सवारी कर भक्तानी प्रक्रिया, राष्ट्रिय परिचयपत्र वितरण प्रणाली, नागरिकता वितरण र मालपोतका सेवा जस्ता अति आवस्यक सेवा लिनेसेवाग्राहीले वर्षौंदेखि दुख पाउनुमा कर्मचारीमा सेवा भावको अभाव मुख्य कारण रहेको पूर्व कर्मचारीको भनाइ छ ।