logo
२०८१ मंसिर ९ आईतवार

  बस दुर्घटना अपडेट 



घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं लगियो, घाइतेकाे नामावली सहित

खुला |


घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं लगियो, घाइतेकाे नामावली सहित



चित्र मिजार

सिन्घुपाल्चोक, असोज २४ गते । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका बस दुर्घटनाका घाईतेलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं लगिएको छ ।घाइतेलाई दुर्घनास्थलमा सेना, ससस्त्र प्रहरी र नेपाल प्रहरी ले उद्दार गरेका थिए ।
सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका शिवटारबाट काठमाण्डौं जाँदै गरेको बा २ ख २७१५ नम्बरको यात्रुबाहक बस सोहि गाउँपालिका को वडा नं १० स्थित धुम्तिमा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो ।
मृतक मध्ये पाँच जनाको घटनास्थलमा र पाँच जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी नायब उपरिक्षक माधब काफ्ले ले जानकारी दिनुभयो । मृतको हालसम्म सनाखत भएको छैन ।
दुर्घटनाको कारण खुलिनसकेको उद्दार कार्य जारी रहेको ले मृतकको संख्या बढ्न सक्ने काफ्ले ले बताउनुभयो । दुर्घनास्थलमा सेना, ससस्त्र प्रहरी र नेपाल प्रहरी ले उद्दार गरिरहेको बताउनुभयो । घाईते लाई नेपाली सेनाको हेलिकोप्टर बाट काठमाडौं लगिएको छ ।
प्रत्यक्षदर्शी नविन गिरीका अनुसार बसमा ७० भन्दा बढि यात्रु सवार रहेको ले अनियन्त्रित भई दुर्घटना भएको बताउनुभयो ।

काठमाडौंको ट्रमा सेन्टरमा उपचार गराई रहेका घाइतेको नामावली


वर्ष २५ शुशील श्रेष्ठ
वर्ष २२ अनय तामाङ
वर्ष २६ भत्तबहादुर कुँबर
वर्ष २० सरिता वि.क.
वर्ष १९ मञ्जु तामाङ
वर्ष नखुलेकी सल्फू श्रेष्ठ
वर्ष २३ मनकुमारी लामा
वर्ष २२ अञ्जु लामा
वर्ष ८ बृजेश भट्टराई
वर्ष ३० सरस्वती भट्टराई
वर्ष ३० विकास भट्टराई
वर्ष नखुलेकि प्रतिमा कुँवर
वर्ष ५२ का पुण्यप्रसाद लम्साल

 

याे पनि पढ्नुहाेस्

बस दुर्घटनामा मृत्यु हुनेकाे संख्या १० पुग्याे, ३० भन्दा बढी यात्रु रहेकाे अनुमान

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?