logo
२०८१ मंसिर ८ शनिवार



सबस्टेशनमा लागेकाेआगो नियन्त्रण, तीन करोड बढीको क्षति

खुला |
पढ्नै पर्ने |


सबस्टेशनमा लागेकाेआगो नियन्त्रण, तीन करोड बढीको क्षति


चित्र मिजार
सिन्धुपाल्चोक, कात्तिक १० गते । सिन्धुपाल्चोकको लामोसाँघुस्थित नेपाल बिद्युत प्राधिकरणको सबस्टेशनमा आगलागी हुदाँ तीन करोड भन्दा बढीको क्षति भएको छ ।
सबस्टेशनमा मा आज १२ बजेर २५ मिनेट जाँदा आगलागी भएको थियो । झण्डै दुइ घण्टा पछि आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट ३० एमभीए क्षमताको टान्सफरमर पूर्ण रुपमा क्षति भएको छ । सो टान्सफरमर तीन करोड भन्दा बढी मूल्यको रहेको छ । आगलागीबाट केबुल, क्वाइन, रेडियटर जलेर नष्ट भएको सो सबस्टेशनका इन्जार्ज फुर्वासाङगे लामाले बताउनुभयो ।
लामोसाँघुबाट दोलखा लगिएको ३३ केभीलाइनको टा«न्सफरममा खराबी आएका कारण टा«न्सफरमर एक्कासि पड्केको इन्जार्ज लामाले जानकारी दिनु भएको छ । सो बितरण केन्द्रका प्रमुख सानुबाबु थापाले आगलागी बारे अनुसन्धान भइरहेको बताउनुभयो ।
आगो नियन्त्रणमा ल्याउन स्थानीय, नेपाली सेना, सशस्त्र प्रहरी, प्राधिकरणका कर्मचारी लागेका थिए । आगो नियन्त्रणका लागि फायर ग्याँस, दमकल नहुदाँ आगो नियन्त्रणमा लिन अति कठिन भएको थियो । माटो, केराको पात, पानी , रुखका स्याउला प्रयोग गरि आगो निभाइएको थियो । आगलागीले दोलखा जिल्ला अन्धकार हुने भएको छ भने सिन्धुपाल्चोकलाई खाशै असर नपर्ने बितरण केन्द«का प्रमुख थापाले बताउनुभयो ।

याे पनि पढ्नुहाेस्

प्राधिकरणको वितरण केन्द्रमा आगलागी, नियन्त्रण गर्न मुश्किल

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?