logo
२०८१ मंसिर ९ आईतवार



गोप अनलाइनको समाचारकाे प्रभाव: जौमतीको परिवारलाई बढे सहयोगी हात

खुला |


गोप अनलाइनको समाचारकाे प्रभाव: जौमतीको परिवारलाई बढे सहयोगी हात


चाँदनी आचार्य

लम्की, पुष ४ गते । कैलालीको घोडाघोडी नगरपालिका ४ सिम्थरी पश्चिमटोलका ३८ बर्षिया जौमती रोकया थला परे पछि उहाँको ६ महिनाको दुधेबालक सहित ४ सन्तानको विचल्ली भएको समाचार बिहिबार गोरखापत्र अनलाईनमा पढेपछि एसओएस बालग्राम धनगढीले शुक्रबार पिडितको घरमै पुगी अवस्था बुझेको छ ।

बालग्राम धनगढीका योजना निर्देशक पदम हमालले परिवारको अवस्था बुझेपछि एसओएसले लैजाने मनसाय बनाएको बताउनुभयो । घरको अवस्था बुझ्दा बालबालिकालाई साहारा दिने आफन्त, परिवारमा कोहि जिम्मेवार नदेखिएकोले आवश्यक प्रक्रिया मिलाएर केहि दिनमा जिम्मा लिने निर्देशक हमालले बताउनुभयो । 

उहाँले गोरखापत्र अनलाइनमा बाबु मरे, आमा क्यान्सरले सिकिस्त, पाँच नाबालकको बिचल्ली शीर्षकमा प्रकाशित समाचार र पिडितको बारेमा भिडियो हेरेपछि थाहापाएको र तुरुन्त अवस्था बुझ्न आफै आएको समेत बताउनु भयो । समाचारमा भने जस्तै बच्चाहरुलाई साहाराको खाँचो रहेको आफुले पाएको समेत निर्देशक हमालले बताउनु भयो । भेटघाटका क्रममा एसओएसले परिवारका आफन्त, वडा अध्यक्ष टेकबहादुर बुढा, छिमेकी लगायत पिडीत परिवारसँग जानकारी लिएको छ ।

यसैबीच शुक्रबार घोडाघोडी ग्रामिण विधुत् सहकारी संस्था सुखडले पिडित परिवारलाई नगद पाँचहजार सहयोग गरेको छ । पिडितका बारेमा समाचार पढेपछि कामको सिलसिलामा काठमाडाँै रहेका संस्थाका अध्यक्ष भिम बडुवालले फोन गरि सहकारीका ब्यवस्थापक मार्फत३ सहयोग रकम पठाएको बताउनुभयो । व्यवस्थापक विरबहादुर साउदले पिडित परिवारको घरमै पुगी वडा अध्यक्ष टेकबहादुर बुढाको रोहवरमा जौमतिका जेठा छोरा लोकराजलाई रकम हस्तान्तरण गर्नु भएको छ ।

आर्थिक अवस्था कमजोर रहेको जौमतिको परिवारमा श्रीमानले भारतमा मजदुरी गरी परिवार पाल्दै आउनु भएको थियो । गत साउनमा रोजगारीकै क्रममा भारतमा उहाँको निधन भएपछि घरको आम्दानीको स्रोत पनि बन्द भएको छ भने उपचारको अभावमा पिडित रोकया ७ महिना देखि क्यान्सर पिडित भै ओछ्यानमा थला पर्नु भएको आफन्त तथा परिवारले बताएका छन् ।

३ कट्ठा ऐलानी जग्गा र सानो खरको झुपडी बाहेक सम्पति नरहेको जौमतीका १३, ६, ४ बर्ष र ६ महिनाका तिन छोरा र एक छोरी रहेका छन् । जौमतीले एक हप्ता भयो खान पनि छोड्नु भएको छ । पुसको चिसोमा भुँईमा परालमाथि उहाँ पातलो कम्बलको साहारामा पल्टीरहनु भएको छ । आमा थला परेपछि घरको कामकाजदेखि भाई बहिनी र आमाको रेखदेख समेत जेठा छोरा लोकराज रोकयाले गर्ने गर्नुभएको छ ।

बाबु मरे, आमा क्यान्सरले सिकिस्त, पाँच नाबालकको बिचल्ली

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?